सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदै छ कारोबार

२०७९ मंसिर २७ गते १२:३८

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया