मलको लागि बर्तौलाको दौडधुप : सांसद भएको एक महिना नबित्दै संघ र प्रदेशको मन्त्रालयमा डेलिगेसन – Nepal Press

मलको लागि बर्तौलाको दौडधुप : सांसद भएको एक महिना नबित्दै संघ र प्रदेशको मन्त्रालयमा डेलिगेसन

हेटौँडा । मकवानपुरबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले मकवानपुरमा रासायनिक मलको कोटा बढाउन तथा समयमानै मल वितरणको व्यवस्थापन मिलाउनको लागि सांसद भएको एक महिना नबित्दै दौडधुप बढाएका छन् ।

सांसदमा विजयी भएको औपचारिक प्रमाणपत्र बुझेर सोहि हलबाट गत मंसिर १२ गते मकवानपुरमा मल वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन तथा कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल वितरण, आयात र निर्यातको अवस्था, आवश्यक कोटा तथा समस्याको बारेमा जानकारी लिएका बर्तौलाले त्यसयता दुईवटा मन्त्रालय पुगेर मकवानपुरमा मलको कोटा बढाउनुपर्ने तथा नियमित सहज ढंगले किसानले मल पाउनुपर्ने माग गरेका छन् ।

मकवानपुरमा प्रत्येक वर्ष करिब २० हजार मेट्रिक टन मल आवश्यक पर्ने भएपनि यहाँ बढिमा ६ हजार मेट्रिक टन मात्र मल आउने जानकारी पाएपछि बर्तौलाले मलको कोटा वृद्धि र समयमै मल वितरणको माग राख्दै बागमती प्रदेश तथा संघिय कृषि मन्त्रालय पुगेर ध्यानाकर्षण गरेका छन् ।

गत मंसिर २३ गते हेटौँडामा रहेको बागमती प्रदेशको कृषि मन्त्रालय पुगेर बर्तौलाले बागमती प्रदेशका किसानहरुलाई दिइने रासायनिक मल र मकवानपुरले पाउने मलको बारेमा जानकारी लिए । मकवानपुरमा ब्यवसायिक तरकारी खेति हुने भएको कारण उनले मलको कोटा निर्धारण गर्दा मकवानपुर उच्च प्राथमिकतामा पर्नुपर्ने धारण समेत राखे ।

मन्त्रालयका सचिव डाक्टर रामशरण पाण्डेलाई भेटगरि बर्तौलाले मकवानपुरमा चाँडोभन्दा चाँडो रासायनिक मलको बयवस्थापनको लागि समन्वयकारी भूमिका निर्वाह गर्न अनुरोध समेत गरे ।

प्रदेशको मन्त्रलय पुगेर ध्यानकर्षण गरेका बर्तौला मंसिर २६ गते संघिय कृषि मन्त्रालय पुगेर मकवानपुरको बस्तुअवस्थाबारे जानकारी गराए । मकवानपुरबाट अफसिजनमा उत्पादन हुने तरकारीले देशको राजधानी सहित धेरै जिल्लाको तरकारी बजार धानेको भन्दै मल वितरणको सन्र्दभमा मकवानपुरलाई थप ‘प्राईरेटी’ दिनुपर्ने धारणा ब्यक्त गरे । मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्मासँगको भेटमा बर्तौलाले रासायनिक मलको अभावमा मकवानपुरे किसान मारमा परेको बताए ।

आफूले मत माग्न जाँदा किसानसँग गरेको बाचा अनुसार काम सुरु गरेको बर्तौलाले बताए । आफुले मन्त्रालय तहबाट सकारात्मक जवाफ पाएको भन्दै उनले किसानको समस्या समाधान गर्न आफु सधै क्रियाशिल हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *