जाजरकोटमा जीप दुर्घटना, १० जनाको मृत्यु (मृतकको नामसहित)


काठमाडाैं । जाजरकोटमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका ४ को भिरपाटीमा जीप दुर्घटनामा परेको हो ।
छोडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाका अनुसार ९ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो ।
मध्यपहाडी हाइवे कर्णाली प्रदेश ००१ च ०४२९ बोलेरो जीप जेवाबाट लेवातिर जाँदै गर्दा खसेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा गाडी चालक भगवतीमाई २ दैलेखका मानबहादुर राउत, दैलेख भवगतीमाई ३ का विरेन्द्र केसी, सोही ठाउँका अम्बर बहादुर खड्का रहेका छन् ।
यस्तै जाजगरकोट खेडागाड नगर ५ का दीपक अधिकारी, अम्बरबहादुर अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा र वडा नम्बर ६ का वीरबहादुर खत्री रहेका छन् ।
घाइतेहरुमा वडा नम्बर ५ का जयभान अधिकारी र ५ वर्षीया निशा अधिकारी रहेकी छन् । विरामी लिएर जाँदै गरेको बोलेरो जीप दुर्घटनाको कारण खुल्न सकेको छैन् ।