अध्यादेशको विरोध गर्दै शेखरले भने- आफू अनुकूल कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन – Nepal Press

अध्यादेशको विरोध गर्दै शेखरले भने- आफू अनुकूल कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई नभएकोे बताएका छन् ।

अध्यादेशमार्फत् कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गर्न नमिल्ने उनको भनाइ छ ।

सरकारले ल्याउन लागेको अध्यादेशबारे उनले भने, ‘अध्यादेशमार्फत कानून संशोधन गरी अदालतले दोषी ठहर्याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताको लागि कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन ।’

उनले सरकारको कदमले भोलिका दिनमा गलत नजिर बस्ने प्रष्ट्याए । सरकारको कदमका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आपत्ति जनाइसकेका छन् ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सिके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरी लगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

One thought on “अध्यादेशको विरोध गर्दै शेखरले भने- आफू अनुकूल कानूनलाई बङ्ग्याउने छुट कसैलाई छैन

  1. दोग्ला गफ , सरकारले ल्याएको विधेयक राष्ट्रिय महत्त्व लाई क्षति पुग्दैन भने राष्ट्रपतिले पास गर्नुपर्छ त्यसको जस अपजस सम्बन्धित सरकारको कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर