वेदुराम भुसालको दाबी- सशस्त्र समूहसँगको सहमति कार्यान्वयनका लागि अध्यादेश ल्याइएको हो


काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले विभिन्न समूहसँग गरेको सहमति कार्यान्वयनका लागि नै सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउन लागेकोे बताएका छन् ।
यसअघि सरकारले सशस्त्र द्वन्दमा रहेको विभिन्न समूहसँग सम्झौता गर्दै बन्दी रिहाइ गर्ने प्रतिवद्धता जनाएकाले उक्त सम्झौता कार्यान्वयनकै लागि नै अध्यादेश ल्याउन लागिएको आफूले बुझेको उनले बताए । भुसालले यो अध्यादेश रेशम चौधरीलाई मात्रै छुटाउन ल्याएको भनेर बुझ्न नहुने धारणा राखे । उनले संसद नभएका बेला अध्यादेश ल्याएर कानून बनाउने अधिकार रहेको जिकिर गरे ।
त्यस्तै, महासचिव भुसालले अहिले दलहरुबीच सरकार गठनका विषयमा छलफल नभएको बताए । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति समक्ष बुझाएपछि मात्रै सरकारका विषयमा छलफल हुने उनको भनाई छ ।
उनले दलको नेता चयन भएपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्ने पनि उल्लेख गरे ।
काँग्रेसको पुच्छरले खाने दाउ गरे ।