नेप्सेमा दोहोरो अंकको वृद्धि, यी पाँच कम्पनीले कमाए सबैभन्दा बढी
समिट लघुवित्त र सीवाइसी नेपालको सेयर मुल्यमा सर्किट


काठमाडौ । सोमबारको सेयर कारोबारमा दुइ लघुवित्त कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । समिट लघुवित्त वित्तिय संस्था र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।
१०६ अंकले बेढेको समिट लघुवित्तको सेयर मूल्य १ हजार १६६ रुपैयाँ पुगेको छ । यता सिवाइसि लघुवित्तको सेयर मुल्य १८६.८० अंकले बढेको हो । यता एनटीसीको सेयर मूल्य ७.४६ प्रतिशतले बढेको छ । एनटिसिको सेयर मुल्य प्रतिकित्ता ९२२ रुपैयाँ कायम भएको छ ।
आदर्श लघुवित्त वित्तिय संस्था र धौलागिरीको पनि सेयर मुल्य ६ प्रतिशतले बढेको छ । यी पाँच कमपनी आजको कारोबारमा सबैभन्दा बढी कमाउँने कम्पनी बनेका छन् । यो सँगै सोमबार यसको सेयर मूल्य २ हजार ५४.८० रुपैयाँ पुगेको छ । सोमबार नेप्से १६.९७ अंकले बढेर १९०२.२८ विन्दुमा अडिएको छ ।
यस दिन १ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आजको कारोबारमा बैकिङ समुह बाहेक सबैमा हरियाली छ । यसअघि आइतबार बजारले १९ सयको विन्दुलाई छोडेर १८ सयको लाइनमा झरेको थियो । झण्डै डेढ वर्ष यता सेयर बजार बियरिस ट्रेण्डमा छ ।