सहकारीको समस्या समाधान गर्छु : गृहमन्त्री खाण – Nepal Press

सहकारीको समस्या समाधान गर्छु : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले पछिल्लो समय सहकारीमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । सहकारीमा देखिएका समस्या समाधानको सहजीकरण गर्न राष्ट्रिय सहकारी महासंघद्वारा गठित उपसमितिको आयोजनामा महासंघ, राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनका संल्लाहकारहरुको काठमाडौंमा संयुक्त बैंठक बसेको थियो ।

सो बैठकमा महासंघका सल्लाहकरसमेत रहेका खाणले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग विभिन्न कोषमा रहेको रकम बजारमा ल्याउन आवश्यक रहेको बताएका छन् । गृहमन्त्री खाणले मन्त्रिपरिषदमा पनि अर्थतन्त्रमा देखिएको समस्याको विषयमा गम्भीर छलफल भएको बताए ।

विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असरले नेपालका बैंक तथा वित्तीय क्षेत्र, उद्योग व्यवसायीमात्र नभएर सहकारी क्षेत्रमा समेत असर परेको गृहमन्त्री खाणको भनाइ छ । ‘राज्यको विभिन्न कोषमा रहेको रकम खर्च गरेर बजारमा ल्याउने र त्यो रकमको सदुपयोगमा संवेदनशील हुने हो भने पनि केही हदसम्म समस्या समाधान हुनसक्छ’, उनले भने, ‘सहकारी अभियानको पछिल्लो मागको विषयमा सरकार संवेदशनशील हुन आवश्यक छ ।’

तीनवटै छाता संघका सल्लाहकारहरुले सहकारीको समस्या समाधानका विषयमा छलफल गरेका छन् ।

छलफलमा सहभागी सहकारीका सरोकारवालाहरुले सन्दर्भ ब्याजदर पुनरावलोकन गर्नुपर्ने, सहकारीमा देखिएको तरलता व्यवस्थापनका लागि सरकारका विभिन्न कोषबाट राष्ट्रिय सहकारी बैंकमार्फत सफ्टलोन उपलब्ध गराउनुपर्ने, संस्थाहरुको ऋण असुलीका लागि सहजीकरण गर्नुपर्ने, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, निक्षेप तथा कर्जा सुरक्षण कोषको तत्काल स्थापना गर्नुपर्ने माग राख्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर