रेशमलाई छाड्ने तयारीप्रति योगेशको टिप्पणी- देश भाँडमा जाओस्, यो त कास्टिङ मात्र हो – Nepal Press

रेशमलाई छाड्ने तयारीप्रति योगेशको टिप्पणी- देश भाँडमा जाओस्, यो त कास्टिङ मात्र हो

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भई जेल परेका रेशम चौधरीलाई छाड्न सरकारले अध्यादेश ल्याउने निर्णयप्रति एमाले सचिव योगेश भट्टराईले विरोध जनाएका छन् ।

गठबन्धन सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गरेको उनको आरोप छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपराधीकरण, अपराधको राजनीतिकरण, देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस् के मतलब गठबन्धन रहुञ्जेल । यो त कास्टिङ मात्र हो । पूरा सिरिज त आउन बाँकी नै छ !’

उनले राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरणमा गठबन्धन रहेसम्म यस्तै भइराख्ने जिकिर गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर