जसपाको समानुपातिक सांसद- प्रकाश अधिकारीदेखि रेखा यादवसम्म – Nepal Press

जसपाको समानुपातिक सांसद- प्रकाश अधिकारीदेखि रेखा यादवसम्म

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फ ५ जनाको नाम बुझाएको छ।

शनिवार बसेको कार्यकारिणी समितिको बैठकले पाँच जना नाम आयोगलाई बुझाएको हो।

जसपाबाट प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, रेखा यादव, रञ्जु ठाकुर र सहनाज रहमान समानुपातिकमा परेका छन्।

जसपासहित राष्ट्रिय दल बनेका सात पार्टीले शनिवार समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएका थिए।

दलहरूले बुझाएको समानुपातिक सांसदहरूको सूची सच्याउन आयोगले दुई दिनको समय दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर