१० वर्षपछि मूलघर फर्किएका हेमराज एमालेबाट बने सांसद – Nepal Press

१० वर्षपछि मूलघर फर्किएका हेमराज एमालेबाट बने सांसद

काठमाडौं । १० वर्षपछि मूलघर फर्किएका हेमराज राई नेकपा एमालेबाट प्रतिनिधिसभामा समानुपातिक सांसदमा परेका छन् । जसपाका तत्कालीन उपाध्यक्ष राई गत भदौ १ गते १२२ जना नेता-कार्यकर्तासहित एमाले प्रवेश गरेका थिए ।

एमालेले आदिवासी जनजाति पुरुषतर्फबाट हेमराजलाई सांसद बनाएको हो ।

२०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईसँगै हेमराजले एमाले परित्याग गरेका थिए ।

भोजपुर टेम्केमैयुङका राई पूर्वउद्योगमन्त्रीसमेत हुन् । उनले २०४८ र २०५१ को संसदीय चुनावमा भोजपुर क्षेत्र नम्बर १ बाट एमालेबाटै चुनाव जितेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *