कांग्रेसलाई समानुपातिक सांसद छान्न सकस, निर्णय गर्ने अधिकार देउवालाई – Nepal Press

कांग्रेसलाई समानुपातिक सांसद छान्न सकस, निर्णय गर्ने अधिकार देउवालाई

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको टुंगो लगाउन सकस परेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको टुंगो लगाउन नसकेको हो।

पार्टी पदाधिकारी र आवश्यकता अनुसार कार्यसम्पादन समिति सदस्यसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुंगो लगाउने प्रवक्ता प्रकाशशरण महतले बताए।

उनले भने, ‘सभापतिले अब सबैको सुझावलाई लिएर निर्णय गर्नुहुन्छ। सुझावको आधारमा टुंगो लगाएर आजै जान्छ।’

संघ र प्रदेशको गरेर केही मात्रै सीट टुंगाउन बाँकी रहेको बताए। उनले सांसदको टुंगो लगाउने अधिकार देउवालाई दिएको बताए।

कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ ।

परियारसहित विमलेन्द्र निधि र प्रकाशशरण महत समानुपातिकमा पर्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर