जेलमा रहेका टकलाकी बहिना अनितालाई जनमत पार्टीले सांसद बनाउँदै – Nepal Press

जेलमा रहेका टकलाकी बहिना अनितालाई जनमत पार्टीले सांसद बनाउँदै

जनकपुरधाम । जनकपुर बमकाण्डका मुख्य योजनाकार रहेको आरोपमा जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’की बहिनी अनिता कुमारी साह जनमत पार्टीबाट सांसद बन्ने भएकी छन् ।

जनमत पार्टीको केन्द्रीय कमिटी बैठकले मधेशी क्लस्टरबाट अनितालाई मधेस प्रदेशसभा सदस्यमा सिफारिस गरेको हो । महोत्तरीमा बिहे भएको अनिताको श्रीमान रामबाबु साह जनकपुर सडक डिभिजन कार्यालयका प्रमुख हुन् ।

उनको माइत धनुषा र ससुरा महोत्तरी रहेपनि नागरिकता भने कैलालीबाट लिएको निर्वाचन आयोगको रेकर्डमा देखिएको छ । आयोगले प्रकाशित गरेको समानुपातिक सूचीमा उनको नागरिकता ३७९ कैलाली र मतदाता नम्वर २४४७४९७८ रहेको छ ।

जनमत पार्टीमा लामो समयदेखि लागेकाले समानुपातिक सूचीमा राखिएको र अहिले नाम सिफारिसमा परेको एक नेताले बताए ।


प्रतिक्रिया

One thought on “जेलमा रहेका टकलाकी बहिना अनितालाई जनमत पार्टीले सांसद बनाउँदै

  1. भनेपछि कुन पृष्ठभूमी रहेछ जनमतको स्पष्ट भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर