सरकारले तोकेको धानको मूल्य कार्यान्वयनको माग गर्दै किसान महासंघद्वारा प्रदर्शन – Nepal Press

सरकारले तोकेको धानको मूल्य कार्यान्वयनको माग गर्दै किसान महासंघद्वारा प्रदर्शन

काठमाडौं । सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघले माइतीघरमा धर्ना दिएको छ ।

कात्तिक १६ गतेको मन्त्रिपरिषदको बैठकले यसबर्षका लागि धानको समर्थन मुल्य निर्धारण गर्दै मोटा धानको मुल्य दुई हजार ९६७ र मध्यम धानको तीन हजार १२८ रुपैयाँ तोकेपनि कार्यान्वयनमा ढिलाई भएको भन्दै अखिल नेपाल किसान महासंघले शुक्रबार काठमाडौको माइतीघर मण्डलामा धर्ना दिएको हो ।

मंसिरको अन्तिम हप्तासम्म पनि सरकारी निकायले धान खरिद प्रकृया शुरु नगरेको कारण किसानहरु व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको उनीहरुको गुनासो छ ।

महासंघले मंसिर २५ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको देशरभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिदै तालाबन्दी गर्ने जनाएको छ ।

निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *