प्रचण्ड र बाबुरामलाई रामचन्द्रको आग्रह- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस् – Nepal Press

प्रचण्ड र बाबुरामलाई रामचन्द्रको आग्रह- मलाई प्रधानमन्त्री बन्न सहयोग गर्नुस्

काठमाडौं । प्रधानमन्त्रीको दौडमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्।

शुक्रवार माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड र बाबुराम भेट्न नेता पौडेल पुगेका थिए। भेटमा नेसपाका नेता महिन्द्रराय यादव पनि थिए।

शीर्ष नेताहरूको भेटवार्तामा गठबन्धनको निरन्तरता र आगामी सरकार गठनको विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ। भेटमा नेता पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न प्रचण्ड र बाबुरामलाई आग्रह गरेका थिए।

प्रधानमन्त्रीको रेसमा रहेका पौडेलले यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि भेटेर आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर