शम्भु थापाको जिकिर- प्रधानन्यायाधीशलाई संसद्का महासचिवले पत्र दिनु राजद्रोह – Nepal Press

शम्भु थापाको जिकिर- प्रधानन्यायाधीशलाई संसद्का महासचिवले पत्र दिनु राजद्रोह

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिनुलाई ‘राजद्रोह’ को संज्ञा दिएका छन् ।

संसद्का महासचिव डा. भरतराज गौतमले राणालाई दिएको पत्रका सम्बन्धमा परेको रिटमा बहस गर्दै थापाले यो कार्यबाट संवैधानिक व्यवस्थामा खलल पुग्ने उल्लेख गरे ।

उनले प्रधानन्यायाधीश जबरा र महासचिव गौतमबीच दूषित साँठगाँठ रहेको आरोपसमेत लगाए ।

थापाले भने, ‘उहाँहरूबिच दूषित र जालसाजीपूर्ण मिलेमतो छ । यो राजद्रोह र संवैधानिक व्यवस्था खलल पार्ने काम हो ।’

संवैधानिक इजलासमा रिटमाथिको बहस सकिएको छ । बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई लगायतले इजलासमा बहस गरेका थिए । रिटमाथि केही बेरपछि आदेश आउनेछ ।


प्रतिक्रिया

One thought on “शम्भु थापाको जिकिर- प्रधानन्यायाधीशलाई संसद्का महासचिवले पत्र दिनु राजद्रोह

  1. नेपालको न्यायालय बिगार्ने यस्तै वकिलहरूले हो ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर