एक वर्षपछि मिरगञ्ज पुल सञ्चालनमा, सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगलाई राहत – Nepal Press

एक वर्षपछि मिरगञ्ज पुल सञ्चालनमा, सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगलाई राहत

विराटनगर । एक वर्षदेखि अवरुद्ध रहेको भारतको बथनाह नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ । भारतीय पक्षले मिरगञ्ज पुल पुरानो भएको भन्दै गएको पुषदेखि बन्द गरिएको थियो ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरको लाइफ लाइनको रुपमा रहेको पुल पुरानो भएको भन्दै भारतीय पक्षले बन्द गर्दा यस क्षेत्रका उद्योगी व्यबसायीहरु समस्यमा परेका थिए ।

मिरगञ्जमा रहेको पुरानो पुल भासिएपछि नेपाल भित्रिने मालबाहक ठूला सवारी साधनहरु थप ११४ किलोमिटर घुमेर भाण्टाबारी हुँदै नेपाल भित्रिने गरेका थिए ।

त्यसको प्रत्यक्ष असर भने सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उद्योग व्यवसायमा पर्दै आएको थियो । पुरानो संरचनाको पुल मर्मत गर्दा पनि ठूला मालबाहक सवारी साधनको आवात जावतमा समस्या आएपछि भारतीय पक्षले नयाँ मोटरेवल पुल निर्माण थालेको थियो ।

तर उक्त पुल निर्माणमा अत्याधिक ढिलाई हुँदा मोरङ व्यापार संघ लगायतका पूर्वका उद्योगी व्यवसायीहरु संघसंस्थाहरुले नेपाल सरकारमार्फत भारतीय सरकारलाई पहलका लागि आग्रह गर्दै आएका थिए ।

मोरङ व्यापार संघका अनिल कुमार सारडाले मिरगञ्ज पुल सञ्चालनमा आउँदा कोरिडोरका उद्योगी व्यपारीलाई सहज भएको बताए ।

‘भारतीय पक्षले हाम्रो काम पूरा गरेको छ, उनले भने एक बर्षदेखि हामीले भोग्दै आएको समस्या समाधान भएको छ ।
मिरगञ्ज पुल सञ्चालन नहुँदा नेपाल–भारत आवतजावत गर्ने दैनिक करिब ३ सय सवारी तथा कार्गाेलाई प्रत्यक्ष समस्या परेको थियो । भाण्टाबारीमा घुमाएर औद्योगिक कार्गो ल्याउँदा प्रत्येक गाडीको दैनिक भाडा २० हजारसम्म थपिने र ६ दिन विलम्ब हुने गरेको उद्योगी व्यवसायीहरुले बताउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *