निजी सम्पत्तिमा डोजर लगाएको भन्दै टीकापुर नगरपालिकामा तालाबन्दी – Nepal Press

निजी सम्पत्तिमा डोजर लगाएको भन्दै टीकापुर नगरपालिकामा तालाबन्दी

कैलाली । टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

टीकापुर नगरपालिकाले मंसिर १९ गते वडा नम्बर ४ मोरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यसवेला नरेन्द्र बोहरा र पदम कठायतको संरचना हटाइएको थियो ।

उनीहरूले निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै तालाबन्दी गरेको जनाएका छन् । ‘मेरो नाममा रहेको जग्गामा नगरपालिकाले डोजर लगाएको हो । लालपुर्जा भएको संरचनामा पनि नगरपालिकाले डोजर लगाएपछि तालाबन्दी गरिएको हो’, नरेन्द्र बोहराले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर