रासायनिक मलको विषयमा सरकार कानमा तेल हालेर बस्यो : सांसद बर्तौला – Nepal Press

रासायनिक मलको विषयमा सरकार कानमा तेल हालेर बस्यो : सांसद बर्तौला

हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका प्रतिनिधिसभा सांसद महेश बर्तौलाले रासायनिक मलको समस्या सरकारको प्राथमिकतामा नपर्दा किसानहरू मारमा परेको बताएका छन् ।

कृषिप्रधान देशमा मलको अभाव भइरहेको विषय सरकारको जानकारीमा रहे पनि कानमा तेल हालेर बसेको उनले बताए ।

मलको अतिरिक्त व्यवस्थापनको लागि भन्दै बागमती प्रदेशको कृषि मन्त्रालय पुगेका बर्तौलाले मकवानपुर देशकै महत्त्वपूर्ण ‘भेजिटेवल जोन’ भएकाले प्रदेश सरकारले अतिरिक्त कोटा निर्माण गरेर भए पनि आवश्यक रासायनिक मल उपलब्ध गराउन अनुरोध गरेका छन् ।

प्रदेश मन्त्रालय पुगेर बर्तौलाले मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेसँग भेट गरी मकवानपुरको तरकारी प्रदेशको १३ वटै जिल्लामा निर्यात हुने र बेमौसमी तरकारीको लागि पनि मकवानपुर प्रख्यात रहेको भन्दै मकवानपुरलाई विशेष महत्त्व दिएर मल व्यवस्थापन गर्न प्रदेश सरकार चनाखो हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर