प्रधानन्यायाधीश राणाविरुद्धको रिटउपर बहस सकियो, आदेशको तयारी – Nepal Press

प्रधानन्यायाधीश राणाविरुद्धको रिटउपर बहस सकियो, आदेशको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको निर्णयविरुद्ध परेको रिटउपर बहस सकिएको छ ।

सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसमेतले दायर गरेको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । बहस सकिएसँगै आजै आदेश दिने तयारी भइरहेको छ ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा छन् ।

राणाले अनिवार्य अवकाश पाउनुभन्दा एक साताअघि संसद सचिवालयले उनीमाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएको थियो । राणा कामका लागि सर्वोच्च अदालत फर्कने तयारी गरेपनि बारका वकिललगायतले प्रहरी प्रशासनको आडमा अवरोध गरिरहेका छन् ।


प्रतिक्रिया

2 thoughts on “प्रधानन्यायाधीश राणाविरुद्धको रिटउपर बहस सकियो, आदेशको तयारी

  1. प्रधानन्यायाधीशलाई ससम्मान हाजिरी गराउ र इज्जत साथ उनीलाई विदाई गर सबैको सबै कर्तुत सबैलाई थाहा छ पानी माथिको ओभानो कोही बन्न जरुरी छैन।

  2. आदेश त तयारी नै होला, सही गर्न लाग्दैहोलान् ।

Leave a Reply to bharat kumar Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर