युनिलिभरका शेयरधनीलाई एक कित्ता बराबर एक हजार २१५ रुपैयाँ नगद – Nepal Press

युनिलिभरका शेयरधनीलाई एक कित्ता बराबर एक हजार २१५ रुपैयाँ नगद

काठमाडौं । युनिलिभर नेपालले आफ्ना शेयरधनीलाई बम्पर लाभांश घोषणा गरेको छ । युनिलिभरका शेयरधनीले एक कित्ता बराबर एकहजार २१५ रुपैयाँ दरले नगद लाभांश पाउनेछन् ।

उक्त लाभांशको प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ । कम्पनीले नगद लाभांश र साधारणसभा प्रयोजनका लागि मंसिर ४ गते बुक क्लोज गरेको थियो । यस आधारमा मंसिर ३ गतेसम्म कायम रहेका शेयरधनीहरुले यो लाभांश रकम पाउनेछन् ।

युनिलिभरले अघिल्लो वर्ष प्रतिकित्ता ६५० रुपैयाँमात्र नगद दिएको थियो । अहिले झण्डै दोब्बर लाभांश दिने भएको छ । युनिलिभर नेप्सेमा सूचीकृत सबैभन्दा महँगो शेयर भाउ भएको कम्पनी हो । यसको शेयरमूल्य प्रतिकित्ता १८ हजार ३६० रुपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर