सरकारमा सहभागी हुने जनमतको निर्णय, समानुपातिक सांसद पनि टुंग्याइयो – Nepal Press

सरकारमा सहभागी हुने जनमतको निर्णय, समानुपातिक सांसद पनि टुंग्याइयो

जनकपुरधाम । जनमत पार्टीले समानुपातिक उम्मेदवारको नाम टुंग्याएको छ । डा. सीके राउत नेतृत्वको यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षमा एक र समानुपातिकमा ५ सीट हात पारेको छ ।

बिहीबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले समानुपातिकतर्फ अनिता साह (मधेसी), सोनु मुर्मुर (आदिवासी जनजाती), अब्दुल खान (मुस्लिम), बिनिताकुमारी सिंह (आदिवासी जनजाती) र गोमा सापकोटा (खसआर्य) को नाम टुंगो लगाएको सचिव सञ्जय यादवले नेपाल प्रेसलाई बताए ।

उनका अनुसार प्रदेशसभातर्फ बबिता ईशर (मधेशी), रञ्जुकुमारी मण्डल (दलित, अल्पसंख्यक), अनिताकुमारी साह (मधेसी), हसिना खातुन (मुस्लिम), भाग्यश्री चौधरी (आदिवासी जनजाती), चन्दन कुमार सिंह (मधेसी) र वसन्तकुमार कुशवाहा (मधेसी) को नाम पनि टुंग्याइएको छ ।

बन्दसूचीमा क्लस्टर अनुसार नै नाम टुङ्गो लागेकाले विवाद नरहेको र आजै निर्वाचन आयोगमा पठाइने उनले बताए ।

बैठकले सरकारमा जाने पनि निर्णय गरेको छ । पार्टी संसदीय दलको विधान अनुमोदन गर्दै सरकारमा जाने निर्णय भएको सिरहा २ (१) बाट निर्वाचित सांसद समेत रहेका सचिव यादवले बताए ।

उनले भने, ‘कुन गठबन्धनको सरकारमा जाने विषयमा निर्णय भएको छैन । यो निर्णयका लागि पार्टी अध्यक्षले जिम्मेवारी पाउनुहुन्छ । आज बस्ने बैठकले थप निर्णय गर्छ ।’

पहिलो पटक आम निर्वाचनमा सहभागी भएको जनमत पार्टीले मधेश प्रदेशमा ६ र लुम्बिनी प्रदेशमा १ प्रदेशसभा सदस्य र सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा पार्टी अध्यक्ष डा. सीके राउत स्वयं निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर