रुपन्देहीमा बाबुछोरा सवार स्कुटरलाई ट्रकले ठक्कर दिँदा छोराको मृत्यु – Nepal Press

रुपन्देहीमा बाबुछोरा सवार स्कुटरलाई ट्रकले ठक्कर दिँदा छोराको मृत्यु

रूपन्देही । कुल पूजाबाट फर्कँदै गरेका बाबुछोरा चढेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा छोराको मृत्यु भएको छ । बुबा गम्भीर घाइते बनेका छन् ।

कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा अर्घाखाँचीका १७ वर्षीय सम्राट खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको हो ।

चालक मृतकका बुबा लक्ष्मण सामान्य घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु. २ ख ६५०१ नम्बरको ट्रकले लु. ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

भित्री बाटोबाट मुख्य राजमार्गमा स्कुटर प्रवेश गर्न लाग्दा दुर्घटना भएको हो । उनीहरू अर्घाखाँचीबाट कुलपूजा मानेर फर्केका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर