कस्तो छ आजको मौसम ?

२०७९ मंसिर २३ गते ७:२०

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस, वागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १, मधेश र वागमतीमा आंशिक बदलीको अनुमान गरिएको छ । भोलि शनिबार पनि देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ ।
प्रतिक्रिया
सम्बन्धित खवर