प्रज्ञामा पुस्तक प्रदर्शनी – Nepal Press

प्रज्ञामा पुस्तक प्रदर्शनी

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानमा ‘प्रज्ञा पुस्तक प्रदर्शनी’ जारी छ ।

प्रज्ञा भवनको भानुभक्त कक्षमा भइरहेको प्रदर्शनी आगामी साता बिहीबार (मंसिर २९) सम्म जारी रहने छ । भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्रसँग सम्बन्धित महत्वपूर्ण नयाँ तथा पुराना प्रकाशनहरू प्रदर्शनीमा राखिएको प्रज्ञाका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले जानकारी दिए ।

पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बिदाको दिनमा समेत प्रदर्शनी खुला रहने प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *