यी हुन् ७ वटै दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार (सूचीसहित) – Nepal Press

यी हुन् ७ वटै दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगले समावेशी समूहमा संख्या तोक्दै ७ वटै राजनीतिक दललाई ११० जना उम्मेदवार छनौट गरेर पठाउन पत्राचार गरेको हो ।

आयोगको पत्राचारपछि सात वटै दलले आफ्नो तर्फबाट सांसद बन्नेको नाम आयोगलाई ३ दिन भित्र पठाइसक्नुपर्नेछ । दलले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको समावेशी सूचीसमेत मिलाएर नाम पठाउनुपर्नेछ ।

यदि दलले कानूनअनुसार सांसद बन्नेको नाम नपठाएमा निर्वाचन आयोगले थप २ दिन राजनीतिक दललाई सच्याएर पठाउने मौका दिनेछ । त्यसपछि मात्रै निर्वाचन आयोगले ७ वटै दलबाट ११० सिटमा निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ११० मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट पाएको छ । जसअनुसार उसले सबैभन्दा बढी ११ जना खस आर्यबाट पठाउनेछ । त्यस्तै आदिवासी जनजातिबाट १०, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एकएक जना पठाउनुपर्नेछ ।

एमालेले ३४ जनाको नाम पठाउँदा हरेक समावेशी समूहबाट गरेर १९ जना महिलाको नाम भने अनिवार्य पठाउनुपर्नेछ । बाँकी रहेका १५ जनामा मात्रै पुरुष पठाउन पाइनेछ ।

एमालेबाट ३४ जना उम्मेदवार (१९ जना महिला)

खस आर्यबाट ११ जना

रघुजी पन्त

एकनाथ ढकाल

कुमार दसौदी

दयालबहादुर शाही (खस आर्य)

खिमलाल पोखरेल

मुक्तिप्रसाद पाठक

मेनकाकुमारी पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

आदिवासी जनजातिबाट १० जना

देवीप्रसाद भट्टचन

हेमराज राई

कालुराम राई

भीमबहादुर खवास

नैनकला थापामगर

सुर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ति

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

दलित ५ जना

ईश्वरबहादुर रिजाल(विक)

प्रभु हजारा दुसाध

रुक्मणी राना बराइली

हर्कमाया विश्वकर्मा

इन्दिराकुमारी पन्थी

मधेशी ५ जना

गंगाप्रसाद यादव

अमृतलाल राजवंशी

वीना देवी

अमृतादेवी अग्रहरी

प्रतिक्षा तिवारी

थारु २ जना

सत्यनारायण चौधरी

अस्माकुमारी चौधरी

मुस्लिम १ जना

रुही नाज

नेपाली कांग्रेसले ३२ सीट प्राप्त गर्दा सबैभन्दा बढी खस आर्यबाटै १० जनाको नाम पठाउँदैछ । उसले आदिवासी जनजातिबाट ९, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट १–१ जनाको नाम पठाउनुपर्नेछ । कांग्रेसले सबै समावेशी समूहबाट गरेर २९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्नेछ ।

काँग्रेसबाट ३२ जना (२९ जना महिला)

खस आर्यबाट १० जना

प्रकाशशरण महत

अम्बिका बस्नेत

सरिता प्रसाई

आरजु राणा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाण

रमा कोइराला

कान्तिका सेजुवाल

मैना रावल (पिछडिएको क्षेत्र)

आदिवासी जनजातिबाट ९ जना

गोपालमान श्रेष्ठ

सरस्वती वजियम

लिलादेवी वोखिम

सिताकुमारी राना

सुशिला तामाङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

 

दलित ५ जना

शान्ती विक

रुपा विक

सीता मिजार

आशा विक

विष्णुमाया परियार

 

मधेशी ५ जना

बिमलेन्द्र निधी

नागिना यादव

मुक्ताकुमारी यादव

चन्दा चौधरी

संगीता मण्डल

 

थारु २ जना

कल्पना चौधरी

विनाकुमारी थनेत

 

मुस्लिम १ जना

जावेदा खातुन

 

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४–४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २–२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जनाको नाम पठाउनुपर्नेछ । १४ जनाको नाम पठाउँदा माओवादीले सबै समावेशी समूहबाट अनिवार्य १२ जना महिलाको नाम पठाउनुपर्नेछ ।

माओवादीबाट १४ जना (१२ जना महिला)

खस आर्य ४ जना

हितराज पाण्डे

पेशल खतिवडा

ज्ञानु बस्नेत

बिमला सुवेदी

 

आदिवासी जनजाति ४ जना

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी

छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

 

दलित २ जना

सुशिला श्रीपाईली

पार्वती विक

 

मधेशी २ जना

मिना यादव

उमरावतीदेवी यादव

 

थारु १ जना

रुपासोसी चौधरी

 

मुस्लिम १ जना

कल्पना मियाँ

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा भने १३ सिट प्राप्त गरेको छ । उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गर्दै संसदको चौथो शक्तिका रुपमा आफूलाई उभ्याएको छ । समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ३ जना, दलित र मधेशीबाट २/२ जना थारू, मुस्लिम र तथा पिछडिएको वर्गबाट १/१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।

रास्वपाबाट १३ जना (४ जना महिला)

खस आर्य ४ जना

डोलप्रसाद अर्याल

गणेश कार्की

दिपक बोहोरा

डा.चन्दा कार्की

 

आदिवासी जनजाति ३ जना

इन्दिरा रानामगर

डा.ढाकाकुमार श्रेष्ठ

मेघबहादुर आले

 

दलित २ जना

सन्तोष परियार

कल्पना रोक्का

 

मधेशी २ जना

मनिष झा

लक्ष्मी तिवारी

 

मुस्लिम १ जना

असिम साह

 

थारु १ जना

अशोक चौधरी

 

पिछडिएको क्षेत्र १ जन

विनिता कठायत

थ्रेस होल्ड कटाउने तर १० प्रतिशतभन्दा कम मत पाउने दललाई भने समावेशी समूहबाट पठाउनुपर्ने संख्या निश्चित गरिएको छैन । तैपनि अधिकतमदेखि न्यूनतम संख्या भने तोकिएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको ७ सीटमा खस आर्य र आदिवासी जनजातिबाट न्यूनतम २–२ र अधिकतम ३–३ जनाको नाम पठाउनुपर्नेछ । यस्तै थारु, दलित, मधेसी, मुस्लिमबाट अधिकतम १–१ र न्यूनतम एकजना पनि नपठाउन पाइन्छ । त्यस्तै पिछडिएको क्षेत्रबाट नपठाए पनि उसलाई कुनै फरक पर्नेछैन ।

राप्रपाबाट ७ जना (५ जना महिला)

खस आर्य २ जना

पशुपति शम्शेर जबरा

प्रकाशचन्द्र लोहनी

आदिवासी जनजाति २ जना

विना लामा

विनिता मगैया

 

दलित १ जना

अनिसा नेपाली

 

मधेशी १ जना

विना जयसवाल

 

मुस्लिम १ जना

नाजीया खातुन

 

जनता समाजवादी पार्टीले पाएको ५ सीटमा खस आर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित र मधेसीबाट भने अधिकतम १ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट एक जना पनि नपठाउँदा कुनै फरक पर्नेछैन ।

जसपाबाट ५ जना उम्मेदवार (४ जना महिला)

खस आर्य १ जना

प्रकाश अधिकारी

 

आदिवासी जनजाति १ जना

सुशिला श्रेष्ठ

दलित १ जना

सावित्रा विक

मधेशी १ जना

रञ्जुकुमारी झा

 

मुस्लिम १ जना

शहनाज रममान

 

थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खसआर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित, मधेसी र मुस्लिमबाट अधिकतमा १–१ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट जनमतले एक जनाको पनि नाम नपठाए कुनै फरक पर्नेछैन ।

जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला)

खस आर्य १ जना

धनबहादुर बोहोरा

 

आदिवासी जनजाति १ जना

दयाराम प्रजापती

 

दलित १ जना

राजेशकुमार मण्डल

 

मधेशी १ जना

अनितादेवी शाह

 

मुस्लिम १ जना

जलेखा विवि

याे पनि

समानुपातिकबाट कुन समावेशी समूहका कति जना बन्दैछन् संघीय सांसद ?

प्रतिनिधिसभामा समानुपातिकबाट ७६ जना महिला आउने, कसले कतिजना पठाउनुपर्छ ?

समानुपातिकको मतगणना सकियो, नेकपा एस बनेन राष्ट्रिय दल

समानुपातिकतर्फ प्रदेशमा कसको कति सीट ? (सूचीसहित)

यसरी हुन्छ समानुपातिकको बाँडफाँट–एमाले ३३, कांग्रेस ३१ र रास्वपा १७ सीट पुग्ने सम्भावना

 


प्रतिक्रिया

One thought on “यी हुन् ७ वटै दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार (सूचीसहित)

  1. समानुपातिक प्रणाली को अर्थ न बुजेको होकि गणित मात्रै हेरेको हो निर्वाचन आयोग ले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर