एमाले र कांग्रेसको सरकार बनोस् : गच्छदार – Nepal Press

एमाले र कांग्रेसको सरकार बनोस् : गच्छदार

‘देउवाले नचाहेसम्म पुस्तान्तरण हुँदैन’

विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु पर्ने बताएका छन । सुनसरी क्षेत्र नम्बर ३ बाट पराजित भएपछि पत्रकार सम्मेलन गर्दै नेता गच्छदारले चुनावले राजनीतिक अस्थिरताको संकेत गरेको भन्दै उनले काग्रेस र नेकपा एमाले मिलेर देशलाई स्थिरता दिनुपर्ने बताए ।

विराटनगरमा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘कसैको पनि बहुमत आएन । अस्थिरताको चिन्ता बढेको छ । यस्तो अवस्थामा कांग्रेस र एमाले मिलेर सरकार बनाउन आफू पहल गर्नेछु ।’

उनले पनि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने बताएका छन् । शेर बहादुर देउवाले नचाहेसम्म पुस्तान्तरण नहुनेसमेत उनले बताए ।

आफूले चुनाव हारेकोबारे प्रसंग निकाल्दै गच्छदारले जसपा अध्यक्ष उपेन्द्र यादवले चार हजार मत सूर्यमा हाल्न लगाएको बताए । ‘म तीन हजार मतले पराजित भए । उपेन्द्रजीले चार हजार मत सिधै सूर्यमा हाल्न लगाउनु भयो । त्यही भएर म हारेँ,’ उनले भने, ‘जसपा र एमालेबीच चुनावी तालमेल थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर