स्पेन विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक एनरिकेद्वारा राजीनामा – Nepal Press

स्पेन विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक एनरिकेद्वारा राजीनामा

काठमाडौं । स्पेनका प्रशिक्षक लुइस एनरिकेले पदबाट राजिनामा दिएका छन् । कतारमा जारी विश्वकपमा स्पेन प्रिक्वाटरफाइनलबाट बाहिरिएपछि एनरिकेले पद छाडेका हुन् । उनी सन् २०१८ यता स्पेनको प्रशिक्षक रहेका थिए ।

यसबीचमा स्पेन गत वर्ष आयोजित युरोकपमा सेमिफाइनलसम्म पुगेको थियो । स्पेनका यू–२१ टोलीका प्रशिक्षक लुइस डे ला फुन्टेलाई नयाँ प्रशिक्षकका लागि सिफारिस गरिएको छ । अब बोर्डले स्वीकृत गरेमा फुन्टे स्पेनको नयाँ प्रशिक्षक नियुक्त हुनेछन् ।

विश्वकपमा यसपटक स्पेन प्रिक्वाटरफाइनलमा मोरक्कोसँग टाइब्रेकरमा पराजित भएको थियो । स्पेनलाई हराएको मोरक्को पहिलोपटक विश्वकपको क्वाटरफाइनल पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *