प्रधानमन्त्री देउवा धनगढीमा – Nepal Press

प्रधानमन्त्री देउवा धनगढीमा

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढीआएका छन् । नेपाली सेनाको जहाजबाट प्रधानमन्त्री देउवा धनगढी पुगेका हुन् । सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न देउवा धनगढी आएका हुन्।

उनी आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । देउवाले २ बजे पछि महोत्सव उद्घाटन गर्ने छन् ।प्रधानमन्त्री देउवासँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुवर पनि आएका छन् ।

आजदेखि सुरु हुने सुदूरपश्चिम महोत्सव पुस २ गते सम्म जारी रहने छ । यस पटक १६ औँ संस्करण सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर