देशभर एनसेलको नेटवर्क डाउन


काठमाडौं । निजी सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ । आज बिहानदेखि नै फोन नलाग्ने समस्या आएको हो । एनसेलमा बेला बेलामा नेटवर्क देखाएपनि फोन लाग्दैन । अहिलेसम्म समस्याको कारण एनसेलले खुलाएको छैन ।
सडक मर्मतको क्रममा अप्टिकल फाइबर टुट्दा केही समस्या देखिएको एनसेलकी अधिकारी विशाखा खड्काले नेपाल प्रेसलाई बताइन् ।
‘हाम्रा साथीहरू फिल्डमा खटिएका छन् । चाँडै समस्या समाधान हुन्छ’, उनले भनिन् ।
एनसेलले बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी सडकमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरु४ भएको भन्दै क्षमा मागेको छ ।
एनसेलले ट्वीटमा भने सेवामा समस्या आएको भनेर जानकरी गराएको छ ।
‘समस्या सक्दो चाँडो समाधान हुनेछ, कृपया प्रतीक्षा गर्नु होला,’ एनसेलले लेखेको छ ।