कर्णाली प्रदेशसभामा राप्रपालाई एक सीटमात्र, सन्तोषी शाही निर्वाचित हुने निश्चित – Nepal Press

कर्णाली प्रदेशसभामा राप्रपालाई एक सीटमात्र, सन्तोषी शाही निर्वाचित हुने निश्चित

सुर्खेत । कर्णाली प्रदेशमा एकमात्र समानुपातिक सीट पाएको राप्रपाबाट प्रदेशसभा सदस्यमा खस आर्य महिला पठाउनुपर्ने भएको छ ।

राप्रपाबाट कर्णालीको एकमात्र सीटमा खस आर्य महिलाको बन्दसूचीको पहिलो नम्बरमा रहेकी सन्तोषी शाही प्रदेशसभा सदस्य निर्वाचित हुने निश्चित भएको हो । उनी राप्रपा केन्द्रीय सदस्यसमेत हुन् ।

नेकपा एसले पनि एकमात्र समानुपातिक कोटा पाएकोमा कल्याणी खड्काको नाम निश्चित भएको छ । राप्रपाले यसअघि पनि कर्णालीमा समानुपातिकतर्फ एक सीट पाएको थियो । त्यसबेला सोशीला शाही सांसद बनेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर