नेपाल र स्कटल्याण्ड खेल्दै – Nepal Press

नेपाल र स्कटल्याण्ड खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ।

यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल,नामिविया तथा स्कटल्याण्डको सहभागीता छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *