दोस्रो खेलमा ५ रनको रोमान्चक जित हात पार्दै बंगलादेशद्वारा भारतसँगको श्रृंखला कब्जा – Nepal Press

दोस्रो खेलमा ५ रनको रोमान्चक जित हात पार्दै बंगलादेशद्वारा भारतसँगको श्रृंखला कब्जा

नयाँ दिल्ली । बंगलादेशले भारतसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्ने पक्का गरेको छ । लगातार दोस्रो जित हात पार्दै बंगलादेश शृंखलामा २-० ले अगाडि रहेको हो । पहिलो खेलमा एक विकेटले विजयी भएको बंगलादेशले दोस्रो खेल बुधबार ५ रनले जित्यो ।

पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७१ रन जोडेको थियो । बंगलादेशका आठौँ क्रमका ब्याटर मेहिदी हसन मिराजले सतक बनाए । उनी एक सय रनमा अविजित रहे ।

महमदुल्लाहले पनि ७७ रन जोडे। यी दुईले सातौँ विकेटका लागि एक सय ४८ रनको साझेदारी गरेका थिए। भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६६ रन मात्र जोड्न सक्यो ।

भारतका श्रेयस अयरले ८२, अक्सर पटेलले ५६ र रोहित शर्माले ५१ रन जोडे । एक सय ७२ रन जोड्दा ४ विकेट गुमाएको भारत पाचौँ विकेटका रुपमा अक्सरले गुमाएपछि दबाबमा आएको थियो। बंगलादेशका इबाटन होसेनले ३ र मेहदी हसन मिराजले २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर