प्रधानमन्त्री देउवा भोलि धनगढी जाँदै – Nepal Press

प्रधानमन्त्री देउवा भोलि धनगढी जाँदै

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार (भोलि) धनगढी आउने भएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न भोली प्रधानमन्त्री देउवा आउन लागेका हुन् । यो महोत्सवको १६औं संस्करण हो ।

देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्य तालिका रहेको छ । कैलाली उद्योग वाणिज्य संघले देउवा सामु १६ बुँदे माग राख्ने तयारी गरेको छ । २१ बुँदे माग सहित २१ किलोको माला लगाउँदै आएको आयोजकले यस पटक केही माग सम्बोधन भएको भन्दै १६औं संस्करणमा १६ बुँदे माग राख्न लागेको हो ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचन पछि देउवा पहिलो पटक धनगढी आउन लागेका हुन् । प्रधानमन्त्री आउने सबै तयारी पुरा भइसकेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर