नेपाललाई नामिबियाले दियो २७६ रनको लक्ष्य – Nepal Press

नेपाललाई नामिबियाले दियो २७६ रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नामिबियामा जारी शृंखलामा घरेलु टोलीले नेपाललाई २७६ रनको लक्ष्य दिएको छ । टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन जोड्यो ।

नामिबियाका माइकल भान लिंगेन एक्लैले ११९ रन बनाए । कप्तान जेरहार्ड इरासमसले पनि ५३ रन जोडे । मध्यक्रमका जान निकोल लफ्टी इटनले ४० रन बनाए । लिंगेन र इरासमसले तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए ।

चौथो विकेटका लागि पनि ९० रनको साझेदारी भयो । नेपालका ललितनारायण राजबंशीले ४, सोमपाल कामीले २ र सागर ढकालले एक विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *