कार्यपालिकासँग साँठगाँठ गरेकोमा इन्टरनेशनल बारले नेपाल बारसँग माग्यो स्पष्टीकरण – Nepal Press

कार्यपालिकासँग साँठगाँठ गरेकोमा इन्टरनेशनल बारले नेपाल बारसँग माग्यो स्पष्टीकरण

इन्टरनेशनल बारले सिरियसली चासो राखेको बार अध्यक्षको स्वीकारोक्ति, तर पनि सर्वोच्च गेटमा उनकै नेतृत्वमा तमासा

काठमाडौं । नेपाल बार एशोशिएसनले विश्वभरका वकिलहरूको छाता संगठन इन्टरनेशल बार एशोशिएसनको स्पष्टीकरणविपरीत सर्वोच्चको गेटमा धर्ना कसेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बाटो छेक्ने हर्कत गरेको खुलेको छ ।

अन्तर्राष्ट्रिय बार एशोशिएसनले नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई कार्यपालिकासँग साँठगाँठ गरेर स्वतन्त्र न्यायपालिकाविरुद्ध आन्दोलन गरेको भन्दै स्पष्टीकरण सोधेको खुलासा भएको भएको हो । घिमिरेले स्पष्टीकरण सोधिएको स्वीकार गरेका छन् ।

सत्तागठबन्धनको एक हिस्सेदारका रूपमा क्रियाशील रहेको नेपाल बार एशोशिएसनले कार्यपालिकासँग साँठगाँठ गरेर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरविरुद्ध महाअभियोग लगाएर न्यायपालिकामा आन्दोलन गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय बारले नेपाल बारसँग स्पष्टीकरण मागेको थियो ।

गत अक्टोबर ३०मा अमेरिकाको मियामीमा भएको अन्तर्राष्ट्रिय बारको सम्मेलनमा सहभागी हुन गएका अध्यक्ष गोपालकृष्ण घिमिरे,महासचिव अन्जिता खनालसहितको टोलीसँग स्पष्टीकरण मागिएपछि घिमिरेले ४५ मिनेटसम्म यसबारेमा स्पष्टीकरण दिनुपरेको थियो ।

अध्यक्ष घिमिरेले नेपाल प्रेससँग कुरा गर्दै इन्टनरनेशल बारको सम्मेलनका बेला नेपालबाट केही व्यक्तिले गलत रिपोर्ट दिएकाले स्पष्टिकरण भन्दा पनि सोधपुछ भएको बताए । इन्टरनेशनल बारका अध्यक्ष स्टेनफर्ड मोयोसहितको टोलीसँग कुरा गरेर महाअभियोग प्रकरणबारे प्रष्ट पारेको उनले बताए ।

घिमिरेले भने-आईबीएले सिरियसली चासो राखेको हो । यदि प्रधान न्यायाधीशमाथि भ्रष्टाचारको कुरा थियो भने क्रिमिनल ल को विषय बन्नुपर्नेमा किन न्यायिक विषय बनायौ ? भनेर उनीहरुले सोधे । हामीले नेपालका प्रधान न्यायाधीशमाथि क्रिमिनल केस लाग्दैन भन्ने जवाफ दियौं । उनीहरुले यदि प्रधान न्यायाधीशले मान्छे मारेमा के हुन्छ त ? भनेर प्रश्न गरे ।

बार अध्यक्ष घिमिरेले अमेरिकाबाट फर्केपछि केही वरिष्ठ अधिवक्ताहरुसँग इन्टरनेशनल बार एशोशिएसनले स्पष्टीकरण सोधेको विषय सुनाएका थिए । नेपाल बारले कार्यपालिकासँग मिलेर न्यायपालिकाविरुद्ध गरेको आन्दोलनले अन्तर्राष्ट्रिय प्रतिष्ठा कमजोर बनेको उनैले स्वीकार गरेलगत्तै फेरि उनकै नेतृत्वमा बुधवार सर्बोच्चको गेटमा तामासा देखाइएको छ ।

संसद सचिवालयले प्रधानन्यायाधीश राणामाथि लागेको महाअभियोग निष्क्रिय भएको पत्र पठाउँदासमेत बारले जबर्जस्ती गरेकोमा वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले आपत्ति जनाएका छन् ।


प्रतिक्रिया

One thought on “कार्यपालिकासँग साँठगाँठ गरेकोमा इन्टरनेशनल बारले नेपाल बारसँग माग्यो स्पष्टीकरण

  1. यी वकिल नै होईनन । यी दलालहरूको झुड्मा परिणत भएका छन् । दलको दलाली गर्ने, सेवाग्राहीसँग ठगेर न्यायाधिशलाई घुस ख्वाएर फैसला गर्न लगाउने गुण्डा जस्ता भए यि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *