संसद सचिवालयलाई सर्वोच्चको जवाफी पत्र : महाअभियोग निष्क्रियबारे प्रश्नैप्रश्न – Nepal Press

संसद सचिवालयलाई सर्वोच्चको जवाफी पत्र : महाअभियोग निष्क्रियबारे प्रश्नैप्रश्न

काठमाडौं । संघीय संसद सचिवालयले प्रधानन्यायाधीश राणालाई ‘क्लिनचिट’ सहितको पत्र थमाएपछि सर्वोच्च अदालतले त्यसको जवाफ मागेको छ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जबराको महाभियोग निष्प्रभाव भएको पत्र दिएपछि त्यसको जवाफ माग गरेका छन् । सर्वोच्च अदालत प्रशासनका सहरजिस्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई कुन कानून संविधानको आधारमा महाभियोग निष्प्रभावी भएको भन्दै प्रश्न गरेका हुन् ।

उनले संसद सचिवालाई काटेको पत्रमा भनिएकोे छ, ‘महाभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ? नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो ? उक्त महाभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो ? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो ? अथवा महाभियोग लागेका सम्माननीय प्रधान न्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ? नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ? सो कुराको जानकारी तत्काल उपलब्ध गराईदिनुहुन मिति २०७९-८-२१ को पूर्ण बैठकको निर्णयानुसार अनुरोध गर्दछु ।’


प्रतिक्रिया

2 thoughts on “संसद सचिवालयलाई सर्वोच्चको जवाफी पत्र : महाअभियोग निष्क्रियबारे प्रश्नैप्रश्न

  1. यसरी कुनै सरकारी निकायले गरेको काममा हस्तक्षेप गर्न सर्वोच्चले पाउँछ ? चित्त नबुझ्नेले रिट हाल्ने हो । सर्वोच्चको दादागिरी अति भो । भ्रष्ट वकिलहरूको चंगुलमा सर्वोच्च परेको देखियो । संविधानमा केहि व्यवस्था गरेर भ्रष्ट न्यायाधिशलाई तह लगाउने व्यवस्था गर्नुपर्छ । देशी विदेशी दलालहरूले चलखेल गर्नेअखडा बनेको छ अदालत । न्याय किनबेच हुने थलो हो अदालत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर