जबरालाई रोक्न बसेका वकिलहरु निस्किए

२०७९ मंसिर २१ गते १६:१३

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च छिर्न नदिन गेटमा बसेका बारका वकिलहरू आजलाई निस्किएका छन् । राणालाई प्रवेश नदिने नेपाल बार एशोसिएशनको निर्णयसँगै वकिलहरू अवरोधका लागि गेटमा अवरोधका लागि बसेका थिए ।
संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारी गरेसँगै वकिलहरुले राणाको पनुरागमनलाई रोक्न खोजेका थिए ।
उनीहरुले राणाविरुद्धको महाअभियोग निष्क्रिय हुन नसक्ने भन्दै रोक्न खोजेका हुन् ।
प्रतिक्रिया
भ्रष्ट मात्र भनेको त यी गुण्डागर्दी मै पनि उत्रिए त ।