सर्वोच्च परिसरमा तारा बरालले वकिलहरूमाथि जुत्ता हानिन्, अबिलम्ब पक्राउ – Nepal Press

सर्वोच्च परिसरमा तारा बरालले वकिलहरूमाथि जुत्ता हानिन्, अबिलम्ब पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको बाटो छेक्न बसेका नेपाल बार एसोसिएसनका वकिलहरूमाथि जुत्ता प्रहार भएको छ । प्रधानन्यायाधीशको समर्थनमा उत्रिएकी अभियन्ता तारा बरालले वकिलहरूलाई जुत्ता हानेकी हुन् ।

आज प्रधानन्यायाधीश राणाले कार्यालय फर्किने तयारी गरेपछि बारको निर्णयअनुसार वकिलहरू धर्ना दिन सर्वोच्च परिसरमा धर्ना दिइरहेका छन् ।

अभियन्ता बराल दिउँसो तीन बजेतिर धर्ना स्थलमा आएर वकिलहरूको विरोध गरिरहेकी थिइन् । यसै क्रममा उनले उत्तेजित हुँदै आफूले लगाइरहेको जुत्ता फुकालेर वकिलको समूहमाथि प्रहार गरेकी हुन् ।

सर्वोच्चमा खटिएका सुरक्षाकर्मीले तत्काल उनलाई पक्राउ गरी भ्यानमा हालेर लगेका छन् । उनको जुत्ता सर्वोच्चभित्र फ्याँकिएको छ । तारा बराल एउटा जुत्तामा छिन् ।

धुर्मुस सुन्तलीले चितवनमा निर्माण गरेको क्रिकेट रंगशालाविरुद्ध बोलेर बराल सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । पछिल्लो समय एमसीसी खारेज गर्नुपर्ने लगायतका माग राखेर उनी आमरण अनसन बसिन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पक्षमा यसअघि पनि उनले सर्वोच्चको गेटमा एकल प्रदर्शन गरेकी थिइन् ।


प्रतिक्रिया

One thought on “सर्वोच्च परिसरमा तारा बरालले वकिलहरूमाथि जुत्ता हानिन्, अबिलम्ब पक्राउ

  1. विना शर्त तत्काल रिहा गर । भ्रष्ट र गुण्डागर्दी गर्ने वकिललाई खोरमा हाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर