सरकारका प्रवक्ता भन्छन्- महाअभियोग जीवित छ, अबको प्रतिनिधिसभामा छलफल हुन्छ (भिडिओ) – Nepal Press

सरकारका प्रवक्ता भन्छन्- महाअभियोग जीवित छ, अबको प्रतिनिधिसभामा छलफल हुन्छ (भिडिओ)

काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग अझै जीवित रहेको जनाएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पत्रकारहरूसँग कुरा गर्दै अबको प्रतिनिधिसभामा महाअभियोगमाथि छलफल हुने दाबी गरे ।

मन्त्रिपरिषद्‌का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्कीले महाअभियोगबारे बोलेका हुन् ।

उनले भने, ‘अघिल्लो प्रतिनिधिसभामा चोलेन्द्रशमशेर जबराको महाअभियोगमाथि छलफल भएर त्यसको प्रतिवेदन अर्को गठित प्रतिनिधिसभामा छलफल हुने भनिएको थियो । यो विषय जीवितै छ । यो महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो । यसको छलफल अब आउने प्रतिनिधिसभामा हुन्छ र निर्णयमा पुग्छ ।’

संसद सचिवालयका महासचिवले महाअभियोग निस्प्रभावी बनेको पत्र दिएपश्चात राणा सर्वोच्च आउने तयारीमा छन् ।

महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेश, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा नयाँ निर्वाचन सम्पन्न भएकाले जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको संसद सचिवालयको पत्रमा उल्लेख छ ।

नेपाल बारले चोलेन्द्रमाथि संसद सचिवालयले दिएको पत्र गलत रहेको टिप्पणी गरेको छ । राणालाई छेक्न बारका नेता गेटमा बसेका छन् । यसैबीचमा सञ्चारमन्त्री कार्कीले सरकारको धारणा सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया

One thought on “सरकारका प्रवक्ता भन्छन्- महाअभियोग जीवित छ, अबको प्रतिनिधिसभामा छलफल हुन्छ (भिडिओ)

  1. लुटेराहरूको जमात भएको छ अहिलेको सरकार । महाअभियोग पास गर्न नसक्ने नालायकहरूलाई अझ लाज छैन जबर्जस्ती गर्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर