चोलेन्द्र सर्वोच्च फर्किए प्रहरीले रोक्छ ? कामु प्रधानन्यायाधीश हतारिँदै आए – Nepal Press

चोलेन्द्र सर्वोच्च फर्किए प्रहरीले रोक्छ ? कामु प्रधानन्यायाधीश हतारिँदै आए

काठमाडौं । संसदमा पेस भएको महाअभियोग निष्क्रिय बनेसँगै सर्वोच्च अदालतको सर्वोच्च पदमा चोलेन्द्र शम्शेर राणा पुन:स्थापित भएका छन् । आजै अदालत हाजिर हुने उनको तयारी छ ।

संसदका महासचिव डा. भरतराज गौतमले राणालाई महाअभियोग निष्क्रिय बनेको पत्र दिएका थिए । त्यसपश्चात राणा करिब ९ महिनापछि कार्यालय फर्किने वातावरण बनेको हो । उनी संसदका महासचिवको पत्र बोकेर सर्वोच्च आएको खण्डमा सुरक्षाकर्मीले गेटमा रोक्छन् वा रोक्दैनन् भन्ने कौतुहल छ । सुरक्षा स्रोतले भने महाअभियोग निष्क्रिय भइसकेको पत्र ल्याएमा रोक्न नमिल्ने जनायो । यद्यपि, सत्ताको दुरुपयोग गर्दै उनलाई निवासमै रोकिए पनि आश्चर्य नहुने स्रोतको भनाइ छ ।

राणाको अनुपस्थितिमा अहिले सर्वोच्चको कामु प्रधानन्यायाधीशको जिम्मेवारी हरिकृष्ण कार्कीले सम्हालिरहेका छन् । आज राणाको समाचार सार्वजनिक हुँदा उनी सर्वोच्च बाहिर थिए । समाचार आएपछि उनी हतारिँदै सर्वोच्च फर्किएका छन् । राणा भने अहिलेसम्म आएका छैनन् ।

राणाले यसअघि पनि सर्वोच्च आउने प्रयास गरेका थिए । तर, नेपाल बारका वकिलहरूको अवरोध र सुरक्षा निकायको रोकावटका कारण उनी सफल भएनन् । आज भने वकिलहरूको चहलपहल देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर