दिल्ली नगर निगममा भाजपालाई पन्छाउँदै आम आदमी बहुमत नजिक – Nepal Press

दिल्ली नगर निगममा भाजपालाई पन्छाउँदै आम आदमी बहुमत नजिक

काठमाडौं । भारतको दिल्ली नगर चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीको १५ वर्षे एकाधिकार तोड्दै केजरीवाल नेतृत्वको आम आदमी पार्टीले बहुमत प्राप्त गर्ने सम्भावना देखिएको छ । नगर निगमका कुल २५० सीटमध्ये हालसम्म आम आदमी पार्टीले ५६ सीट जितेको छ । भाजपाले ४६ सीट पाएको छ ।

जारी मत गणनामा आम आदमी पार्टीले ७७ क्षेत्रमा लिड गरेको छ । भाजपाले ५८ क्षेत्रमा लिड गरिरहेको छ । यस्तै भारतीय कांग्रेसले हालसम्म ४ वटा सीटमात्रै जितेको छ । उसले ६ वटा क्षेत्रमा लिड गरिरहेको छ ।

दिल्ली नगर निगममा बहुमत प्राप्त गर्न १२६ सीट आवश्यक हुन्छ । सुरुवाती रुझानमा दिल्लीमा आम आदमी पार्टी र भाजपाबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो ।

मतगणना सुरु भएको २ घण्टासम्म भाजपा र आम आदमी पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको थियो । तर, पछिल्लो अपडेटअनुसार आम आदमी र भाजपाबीच भारी अन्तर देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक्जिट पोलका अनुसार दिल्लीमा आम आदमीले बहुमत प्राप्त गर्न सक्ने सम्भावना छ । दिल्ली नगरपालिकाको २५० वडाका लागि डिसेम्बर ४ मा मतदान भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर