विश्वकपः पहिलो हाफमा स्पेन र मोरक्कोको बराबरी  – Nepal Press

विश्वकपः पहिलो हाफमा स्पेन र मोरक्कोको बराबरी 

काठमाडौं । कतारमा जारी विश्वकप २०२२ अन्तिम १६ अन्तर्गत जारी खेलमा स्पेन र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।

एजुकेसन सिटी रंगशालमा जारी खेलमा दुवै टिमले गोल गर्ने केहि अवसर पाएपनि फिनिसिङमा चुक्दा अग्रता लिन सकेनन् ।

समूह चरण अन्तर्गत पहिलो खेलमा क्राएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा विश्व नम्बर १ बेल्जियमलाई २–० गोलको नतिजमा हराएको थियो । अन्तिम खेलमा क्यानाडालाई २–१ को नतिजमा पराजित गर्दे  समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

यस्तै, पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलको नतिजमा पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तेस्रो खेलमा जापानसँग पराजित स्पेन समूह उपविजेताका रुपमा नकआउट चरण पुगेको हो ।

मोरक्को र स्पेन विश्वकपमा दोस्रो पटक आमनेसमाने भएका हुन् । सन् २०१८को समूह चरणमा भेट हुँदै दुवै टिमले २–२ गोलको बराबरी खेलेका थिए ।

सन् २०१० मा विश्वकप जिते यता स्पेन अन्तिम १६ बाट माथि पुगेको छैन । २०१८ विश्वकपको अन्तिम १६मा आयोजक रुससँग पेनाल्टि सुटआउटमा पराजित हुँदै बहिरिएको थियो ।

सन् १९८६ को विश्वकपको अन्तिम १६मा जर्मनीसँग १–० गोलको नतिजमा पराजित हुँदै बाहिरिएपछि मोरक्को पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

यो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर