गगनको आग्रह- कांग्रेसले मौका पाएको छ, कुन दाइ रिसाउनुहुन्छ भन्ने डर फालौँ (भिडिओ) – Nepal Press

गगनको आग्रह- कांग्रेसले मौका पाएको छ, कुन दाइ रिसाउनुहुन्छ भन्ने डर फालौँ (भिडिओ)

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो निर्वाचनबाट पार्टीले समानुपातिक मात्र नभएर प्रत्यक्षतर्फ पनि मत गुमाएको भन्दै अब नयाँ नेतृत्वलाई जिम्मा दिन आह्वान गरेका छन् ।

कांग्रेस नेता गुरु घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले गठबन्धनका दलहरूको मत पाएर पनि जम्मा ५७ सीट जितिएको भन्दै कांग्रेसले नयाँ मतदाता मात्र होइन पुराना मतदाता पनि गुमाएको बताए ।

थापाले भने- हामी अब काम गरेर देखाऊँ,लाखौँ गुमाएको मत पनि कांग्रेसतिर आउँछ । नयाँ मतदाता पनि कांग्रेसतिर आउँछन् । कांग्रेस अब २६,२७ प्रतिशतको होइन ४० प्रतिशतको पार्टी बन्छ । तर सरकार कस्तो चलाउने,चार पाँच दिनमा एउटा काण्ड मच्चाएर रक्षात्मक हुने,अनि तल कार्यकर्ताले संगठन बचाउने सम्भव छैन ।

महामन्त्री थापाले कांग्रेसले यस पटक पाएको मौका गुमाउन नहुने बताए ।

उनले भने- पार्टीको व्यक्तित्वप्रतिको आकर्षणले पनि पनि काम गर्छ । त्यो एउटा मौका कांग्रेसले पाएको छ । प्रत्येक सदस्यले सोच्ने बेला आएको छ,कुन दाइ रिसाउनुहुन्छ,कसलाई खुसी बनाउने भनेर होइन,पार्टीप्रतिको चिन्ता लिए मनको डर निकालौँ,सही ठाउँमा उभिएर ऐतिहासिक मौकाको प्रयोग गरौँ ।


प्रतिक्रिया

One thought on “गगनको आग्रह- कांग्रेसले मौका पाएको छ, कुन दाइ रिसाउनुहुन्छ भन्ने डर फालौँ (भिडिओ)

  1. बकबक मात्र हो साथीको । दलमा २० साँसद पनि साथमा छैनन । शेखरले नै भोट हाल्नु परेमा यिनलाई दिदैनन । रामचन्द्रले उचालेका होलान । उनको दाउ चाहिँ गगन र देउवालाई जुधाएर आफूले उछिट्याउने हो । तर यी बुढाको झन काम छैन र हैसियत पनि छैन । खाने र खुवाउन जान्ने अनि भारतले जे भन्यो त्यहि मान्ने देउवा नै हुन् । त्यसैले अहिले प्रधानमन्त्री उनै हुन् । तर देशमा विकृति बढ्ने भयो । महंगी, वेरोजगारी, भ्रष्टाचार, तस्करी बढने भयो । अब यातायातको सिण्डिकेट खुल्छ । राष्ट्र बैंकलाई दबाब दिएर व्यापारीले जे भन्यो त्यहि हुन्छ । ठेकेदारले केही पनि बनाउँदैनन् । म्याद थपेर आयोजनाक‍ो लागत बढाएक‍ो बढायै गर्छन र बजेट बाँडेर खान्छन् । तस्करी, न्यून विजकीकरण बढछ । अहिल्यै चरम विकृति भैसक्यो । अब झन् बढछ ।सत्ता टिकाउन देउवाले जे भन्यो त्यहि पूरा गर्छन । सुरा सुन्दरी काण्डका नाईके न परे ।नेपालको राजनीतिमा भारतको नाङ्गो हस्तक्षेप बढ्छ । भारतले अब महत्वपूर्ण निर्णयहरू गराउँछ । देशको यस्तै अवस्था भएको बेलामा भारतले नेपाल लुटेको ईतिहास छ । यो ठगबन्धन त उसैले बनाईदिएको हो । जनता ! तिमीले कसरी भोट हालेको ? देश अस्थिर बनाउनेगरी र लुटेराहरूको तरवारको धारको बहुमत पुग्नेगरी ? तर एकमात्र भरोसा एमालेको छ ? रवि पनि हावा जस्तो लाग्छ । चर्का कुरा गरेर हुँदैन । नारायणगढको डिपोमा मल छैन भनेर त्याहाका कर्मचारीलाई राजिनामा देउ भन्नेलाई देश कसरी चल्छ थाहै रहेनछ । राप्रपालाई देशको चिन्ता छैन केवल इतिहास बनिसकेको र नालायक राजाको मात्रै चिन्ता छ । जनमत र को एजेण्ट हो । नागरिक उन्मुक्ति पनि भारतले जन्माईदिएको पार्टी हो । त्यसैले एमाले अब झन् कडा रूपमा आउनुपर्यो । खबरदारी गर्नुपर्यो । पाईला पाईलाको निगरानी गरेर यी लुटेराहरूको लुटतन्त्रबाट देशलाई सचेत बनाउनुपर्यो ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर