क्रिसमस र न्यु इअरको अवसरमा गायक तुलसी सिवाकोटीको क्रोएसियामा प्रस्तुती हुने – Nepal Press

क्रिसमस र न्यु इअरको अवसरमा गायक तुलसी सिवाकोटीको क्रोएसियामा प्रस्तुती हुने

काठमाडौं । विश्व भ्रमणमा रहेर कन्सर्ट तथा प्रस्तुती दिइरहेका नेपाली गायक तुलसी सिवाकोटीले आगामी क्रिसमसको अवसरमा विशेष प्रस्तुती दिने भएका छन् ।

आगामी डिसेम्बर २५ का दिन ‘मेरी क्रिसमस तथा वेलकमिङ ह्यापी न्यू इअर २०२३’ कार्यक्रममा सिवाकोटीको कन्सर्ट हुने भएको हो । नेपाली गीतसंगीतको क्षेत्रमा योगदान दिइरहेका उनले विश्वका विभिन्न देशहरुमा आफ्ना गीतहरुले दर्शक नचाइरहेका छन् ।

यसै क्रममा क्रोएसियाको नेजा ब्रानिमिरा फोए जाग्रेबमा डिसेम्बर २५ मा कार्यक्रम हुन लागेको हो । गैरआवासीय नेपाल संघ, क्रोएसियाद्वारा आयोजित उक्त कार्यक्रममा सिवाकोटीको गायनसँगै कमेडी तथा अन्य कोशेलीहरु पनि रहेनछन् । पोजिडन ग्रुपको मुख्य प्रायोजक रहेको उक्त समारोहमा क्रोएसियामा रहेका स्थानीय नेपाली कलाकारहरुले नाच्ने, गाउने एवम् हाँस्य प्रस्तुति पनि दिने भएका छन् । जसमा मणि काफ्ले, सुनिता सुनुवार, सुजन पौडेल, कमल रुम्बा, प्रतिमा राई तथा कृष्ण अर्यालले पनि आफ्नो कला देखाउने छन् ।

भर्सटाइल गायकका रुपमा आफूलाई उतारेका सिवाकोटीले आफ्नो डेढ दशक लामो सांगीतिक यात्रामा दर्जर्नौ चर्चित गीतहरु पस्केका छन् । ‘भन्देउ मायालु’, ‘प्रेमको निशानी’ ‘छोरी’, ‘म त मान्छे’, ‘हे माया’, ‘सँगसँगै’ लगायत गीतहरु उनका पछिल्ला केही लोकप्रिय कोशेली हुन् ।

त्यस्तै, कार्यक्रममा लट्रीको अफर पनि रहेको छ । जहाँ लट्री जित्नेले आइफोन १४ प्रो प्राप्त गर्ने आयोजकले जनाएको छ । क्रोसिएयामा बस्ने नेपालीहरुले कार्यक्रमको फाइदा उठाउनुका साथै लट्री अफरसमेत जित्न सक्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर