अब कमरेड दीपक मनाङे ! नेकपा एसका महासचिवद्वारा खादा लगाएर स्वागत (भिडिओ) – Nepal Press

अब कमरेड दीपक मनाङे ! नेकपा एसका महासचिवद्वारा खादा लगाएर स्वागत (भिडिओ)

महासचिव भुसालले भने- मनाङेबाट सिक्नुपर्छ

काठमाडौं । नेकपा एसमा प्रवेश गरेका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई आज न्यानो स्वागत गरिएको छ ।

पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेकपा एसका महासचिव बेदुराम भुसालले खादा ओढाएर औपचारिक स्वागत गरेका हुन् ।

मनाङे मनाङको प्रदेश २ बाट निर्विरोध निर्वाचित भएका थिए । उनलाई पार्टी प्रवेश गराउँदै महासचिव भुसालले मनाङेको विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु नहुने बताए ।

‘मान्छेलाई विगतको आँखाले मात्र हेर्नु हुँदैन, वर्तमानमा के छ भनेर हेर्नुपर्छ,’ उनले भने, ‘राजीवजीले आफ्नो विगतलाई बदलेर जनसेवाको प्रतिबद्धताका साथ अघि बढ्नुभएको छ । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।’

उनले मनाङेले मन्त्री भएर राम्रा काम गरेको भन्दै उनीबाट सिक्नुपर्ने पनि उल्लेख गरे ।

कार्यक्रममा मनाङेलाई बोल्न आग्रह गरिए पनि उनले मानेनन् । आफ्ना कुरा प्रेस विज्ञप्तिमा नै रहेको भन्दै उनी पन्छिए ।

कार्यक्रममा मनाङेलाई ‘कामरेड’ भनेर सम्बोधन गरिएको थियो ।

प्रतिक्रिया

One thought on “अब कमरेड दीपक मनाङे ! नेकपा एसका महासचिवद्वारा खादा लगाएर स्वागत (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर