मोटर बिग्रँदा हेटौँडा सिमेन्टको उत्पादन दुई हप्तादेखि बन्द – Nepal Press

मोटर बिग्रँदा हेटौँडा सिमेन्टको उत्पादन दुई हप्तादेखि बन्द

बनाउन अझै एक हप्ता लाग्ने

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग विद्युतीय उपकरण (मोटर) बिग्रँदा बन्द भएको छ । दुई हप्ता अघि बिग्रिएको मोटर नबन्दा सिमेन्ट उत्पादन हुन नसकेको हो ।

नेपाल प्रेससँग कुरा गर्दै हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जनशक्ति अभाव हुँदा मर्मतको लागि समय लागेको बताए । निकै पुराना सामग्री भएको कारण बिग्रेर हैरान पार्ने उनको भनाई छ । ‘विद्युतीय उपकरण विग्रेपछि हामीले क्लिङकर उत्पादन गर्न सकेका छैनौँ, तसर्थ सिमेन्ट उत्पादन हुन सकेको छैन’ उनले भने ।

आफूहरूले कम जनशक्तिबारे उद्योग मन्त्रालयलाई जानकारी गराएको बताउँदै उपाध्यायले पुरानो मेसिन, उपकरणको कारण हेटौँडा सिमेन्ट उद्योगमा सधैँ समस्या आइरहेको बताए । अन्य प्राइभेट उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने समयमा हाम्रो उद्योगमा ३० वर्ष भन्दा पहिलेका मेसिन उपकरणको प्रयोग भइरहेको भन्दै उनले पुरानो उपकरणले उद्योग नियमित सञ्चालनमा समस्या परेको बताए ।

दैनिक १४ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको उत्पादन हुँदा उद्योगलाई लाखौँ क्षति भएको जनाइएको छ । उद्योगलाई क्षति कम गर्दै नाफामा लैजानको लागि अहिलेको मेसिन तथा उपकरणले सम्भव नहुने बारेमा आफूले सरकारी निकायमा जानकारी गराइसकेको भन्दै पाण्डेले सरकारले यसबारे चासो लिनुपर्ने बताए ।

हाल आफूहरूसँग भएको जनशक्तिले मोटर मर्मतको काम जारी राखेको भन्दै अबको एक हप्तासम्ममा बिग्रिएको उपकरण मर्मत गरी उत्पादन सुरु गरिने पाण्डेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर