काठमाडौंमा चर्काे आवाज निकाल्ने मोटरसाइकलमाथि प्रतिबन्ध लगाउने तयारी – Nepal Press

काठमाडौंमा चर्काे आवाज निकाल्ने मोटरसाइकलमाथि प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । चर्काे आवाज निकाल्ने बाइकहरु स्वरुप परिवर्तन (मोडिफइड) गरी कुदाउनेलाई ट्राफिक प्रहरीको बेला बेलामा नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको छ । तर, अब यसको सामाधानको लागि प्रतिबन्ध लाग्ने तयारी नै भएको छ । यातायात व्यवस्था विभागले ठूलो आवाज निकाल्ने बाइक काठमाडौंमा चलाउन नै प्रतिबन्ध लागाउने भएको हो ।

अहिले काठमाडौंका सडकमा बाइक ठूलो आवज निकाल्ने बाइक गुड्दा नजिकै रहेका व्यक्तिहरु तर्सिनेसमेत गरेका थिए । मान्छेको स्वास्थ्यमा समेत असर पर्ने भएकाले त्यो असर पर्न नदिन यातायात व्यवस्था विभाग रोक्न लागेको हो ।

अहिले नेपालमा १३० डेसिबलसम्म आवाज निकाल्ने बाइकहरु सडकमा गुड्ने गरेका छन् । अब यातायात व्यवस्था विभागले ६५ डेसिबल आवाज निकाल्ने बाइक मात्रै सञ्चालन गर्न दिने व्यवस्था लागु गर्न लागेको हो ।

यातायात व्यवस्था विभागले ६५ डेसिबलभन्दा माथिको बाइक सञ्चालमा रोक लगाउन ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी र वातावारण विभागका प्रमुखसँग छलफल गरेर रोक्ने तयारी थालेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयले अब ६५ डेसिबलभन्दा माथि आवज निकाल्ने बाइक सञ्चालनमा रोक लगाउन लागिएको बताए ।

उनले भने, ‘यातायात व्यवस्सथा विभागले अब ६५ डेसिबलभन्दा ठूलो आवाज निकाल्ने बाइकलाई रोक लागउन लागेको छ । हामीले ट्राफिक प्रमुख र वातावारण विभागका प्रमुखसँग छलफल गरेर रोक्ने भएका छौं । हामीले निरन्तर छलफलबाट नै रोक्न लागेका हौं । यातायात व्यवस्था विभागले केही दिनमा ठूला आवज आउने बाइक रिङ रोड भित्र सञ्चालनमा रोक लगाउने छ । प्रतिबन्ध लगाएपछि पनि रिङ रोड भित्र बाइक सञ्चालन भएमा २ हजार जरिवना लिने व्यवस्था हुने छ ।’

चर्को आवाज निकाल्ने बाइक सञ्चालन गर्दा पैदल यात्रु र सडक नजिकै रहेको घरका मान्छेलाई समेत समस्या परेका कारणले विभागले रोक्न लागेको हो । उत्पादक कम्पनीहरुले नेपालमा चर्काे आवाज निकाल्ने भनेर चिनिएका बाइकहरु नेपालमा आएर मोडिफाइ भएका हुन्छन् । उत्पादक कम्पनीबाट बाइक बनेर आउँदा फुस् फुस् आवाज आउने र नेपालमा रमाइलो र आफ्नो इच्छाले चर्काे आवाज निकाल्ने बनाउने गरेका यातायात व्यवस्था विभागले बतायो ।

ठूलो आवाज निकाल्ने बाइकका कारण दुर्घटना बढ्ने, ध्वनी प्रदुषण हुने तथा बच्चा, अपाङ, अशक्त एवं बिरामीहरु तर्सिने समेत गरेका छन् ।

रोयल इनफिल्ड मोटरसाइकल (बुलेट बाइक), भिआर, डुकाटी, आरएक्स, क्रस् फायरलगायत चर्काे आवाज निकाल्ने बाइक सञ्चालनमा प्रतिबन्ध लाग्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर