एक हजारसम्म रिचार्ज गर्दा टेलिकमको डाटा बोनस – Nepal Press

एक हजारसम्म रिचार्ज गर्दा टेलिकमको डाटा बोनस

काठमाडौं । नेपाल टेलिकमले एक हजार रूपैयाँसम्म रिचार्ज गर्दा प्रत्येक रिचार्जमा बोनस डाटा दिने भएको छ । टेलिकमले रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरे वापत ग्राहकहरूलाई बोनस डाटा दिने भएको हो ।

यो योजना यही मंसिर २० गते देखि पुस १९ गते सम्म लागू हुनेछ । सो अवधिमा ग्राहकले दुई सय, पाँच सय र एक हजार रुपैयाँको रिचार्ज गर्दा बोनस डाटा पाउनेछन् ।

टेलिकमले २ सय रूपैयाँको रिचार्ज गर्दा १ दिन मान्य हुने १ जीबी डाटा, ५ सय रूपैयाँको रिचार्ज गर्दा ४ दिन मान्य हुने ४ जीबी डाटा र १ हजारको रिचार्ज गर्दा १० दिनसम्म मान्य हुने १० जीबी डाटा दिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर