विवाह भोज खाएका बेहुलाबेहुलीसहित ४५ जन्ती बिरामी – Nepal Press

विवाह भोज खाएका बेहुलाबेहुलीसहित ४५ जन्ती बिरामी

रूपन्देही । विवाहको भोज खाएका प्युठान नगरपालिका ६ माझकोटका ४६ जना जन्ती बिरामी परेका छन् ।

मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका- १ चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाको छोरीको बिहेको भोजमा सहभागी एउटै गाउँका ४५ स्थानीय बिरामी भएको वडा अध्यक्ष नरेन्द्र पुन मगरले जानकारी दिए ।

‘जन्ती गएका ४८ मध्ये तीनजनाबाहेक सबै बिरामी छन’, उनले भने, ‘बेहुलाबेहुली पनि बिरामी परेका छन ।’

उनीहरुमा ज्वरो, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैलाई सोमबार साँझ उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ । बिरामीहरुको अवस्था भने सामान्य रहेको वडा अध्यक्ष पुन मगरले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *