दीपक मनाङेबाट संगठन विस्तार गर्नुस्, हामी नेकपा एसबाट बाहिरिदिउँला : शिवजी गुरुङ – Nepal Press

दीपक मनाङेबाट संगठन विस्तार गर्नुस्, हामी नेकपा एसबाट बाहिरिदिउँला : शिवजी गुरुङ

पोखरा । नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सदस्य तथा युवा नेता शिवजी गुरुङले दीपक मनाङेलाई पार्टी प्रवेश गराएकोमा असहमति जनाउँदै आफूहरु नेकपा एसबाट बाहिरिने चेतावनी दिएका छन् ।

मनाङेको पार्टी प्रवेशको फोटोसहित आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले गण्डकीमा एक सीट पनि जित्न नसकेको पार्टीले संगठन विस्तारको गजब शैली ल्याएको भन्दै उनले आफूहरु बाहिरिने बताएका हुन् ।

गुरुङले भनेका छन्, ‘असफलताको वस्तुगत समीक्षा गरी जनचाहनाअनुरुपको नीति-कार्यक्रम तथा युवा नेतृत्वसहित अगाडि बढ्नुपर्नेमा मनाङेहरुलाई पार्टी प्रवेश गराउँदै जाने हो भने पार्टी शून्यतातर्फ जानेछ । वेलैमा चेतना भया ! तैपनि पार्टी नेतृत्वको यही चाहना हो भने वहाँलाई प्रवेश गराउँदै गर्नु, हामी बहिरिदिउँला नि बरु !’

गुरुङ प्रतिनिधिसभामा कास्की २ बाट नेकपा एसको उम्मेदवार सिफारिस भएका थिए । तर, अन्तिममा अर्को क्षेत्रबाट श्रीनाथ बराललाई ल्याएर उम्मेदवार बनाइएको थियो । गठबन्धनका साझा उम्मेदवार बराल तेस्रो स्थानमा रहे ।

गण्डकी प्रदेशसभामा र प्रतिनिधिसभा कतै पनि नेकपा एसले जित्न सकेको छैन । समानुपातिक मत प्रदेशभरिबाट जम्मा ९ हजार ५७३ पाएको छ ।


प्रतिक्रिया

One thought on “दीपक मनाङेबाट संगठन विस्तार गर्नुस्, हामी नेकपा एसबाट बाहिरिदिउँला : शिवजी गुरुङ

  1. शिवजीजस्ता नेता पनि मनाङ्गेसँग कसम जोडेर हिडने ? अहिलेसम्मको विचार सिद्वान्तलाई धूलोमा मिलाउने ? माधव, झलनमथल पद भएपछि जे पनि गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर